छठ पर्वमा दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्य अर्घ्य दिई पूजा अर्चना गरिएको छ । साँझ थापाथलीस्थित वाग्मती किनारमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ । वाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठी माताको पूजा अर्चना गरेका छन् । प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पूजा समिति कुपण्डोल (ललितपुर) का अध्यक्ष राजीव सिन्हाले व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुने जानकारी दिए । समग्रमा छठ पर्वले सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नसमेत टेवा पुग्ने उनको भनाइ छ ।राजधानीको गुहेश्वरी, कमलपोखरी, थापाथलीलगायत नदी किनार र तलाउमा व्रतालुले छठको पूजा गरेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।

प्रकाशित : कार्तिक १३, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

तस्बिरमा नवौं राष्ट्रिय खेलकुद समापन समारोह

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद ६ हजार १२७ खेलाडीको प्रतिस्पर्धासँगै बिहीबार सकिएको छ । ३८ खेलमा सर्वाधिक १७२ स्वर्ण जित्दै नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी कब्जा गर्‍यो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजित समापन समारोह भव्य रह्यो । १० औं राष्ट्रिय खेलकुद २०८१ मा कर्णाली प्रदेशमा आयोजना गर्ने गरी नवौं संस्करण सम्पन्न भयो ।


प्रकाशित : कार्तिक ३, २०७९ २२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×