मनाइयो म्ह पूजा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बुधबार साँझ नेवार समुदायमा म्ह (आत्म) पूजा गरिएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो आत्म (म्ह) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय मान्यता रहेको छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसैबीच बुधबारै नेपाल संवत् ११४३ सुरु भएको छ । नयाँ वर्षका उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍याली आयोजना गरिएको थियो ।


प्रकाशित : कार्तिक १०, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्