२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

चियाले धानेको जीवन

तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

इलाम — झापाबाट इलाम जिल्ला उक्लनासाथै सुरुमा स्वागत गर्छ, कन्याम चिया बगानले । हराभरा चियाबगान । चिया बगानभित्रका मजदुरको समस्या, न्यूनतम ज्याला र अधिकारको कुरा चुनावसँगै चर्कन थालेको छ ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उठेका सुवासचन्द्र नेम्वाङका अनुसार २०५७ सालमा सरकारले चिया बगान निजीकरण गर्ने निर्णय लिएपछि यो उद्योग धरासायी बन्न थाल्यो। त्यसबेला इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बाह्रदशी र टोकला चिया बगान त्रिवेणी सांघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी भाडामा दिइएको थियो ।

निजीकरणले चिया उद्योगमा समस्या आउने भएपछि इलाम नगरपालिका र माइ नगरपालिकाले आफ्नो चिया बगान सरकारलाई फिर्ता गराउनुपर्ने निर्णय नगरसभाबाट गरिसकेका छन् । निजीकरणपछि चिया उद्योग र बगानका श्रमिकले त्यसअघि पाइआएको सुविधा कटौती भएको थियो। न्यूनतम ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग राख्दै चिया श्रमिक आन्दोलनमा छन् ।


प्रकाशित : कार्तिक २, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्