१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

काठमाडौंबाटै सगरमाथा !

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौँ — असोज/कात्तिक‚ मौसम खुल्ने महिना । मनसुन बाहिरिएसँगै छ्याङ्ग हुन्छ आकाश । नेपालमा पनि गत शनिबारदेखि मनसुन बाहिरियो । मौसम सफा भयो । पछिल्लो केही वर्षयता वायु प्रदूषणले उपत्यकाको मौसम छ्याङ्ग खुलेको देख्न मुश्किलै पर्थ्यो । तर गत तीन दिनदेखि मौसम सफा भएपछि उपत्यकाको उत्तरतिरका हिमाल टल्केका छन् ।

हिमचुलीदेखि महालंगुर हिमश्रृंखलाका हिमाल टलक्कै छन् । काठमाडौंबाटै सगरमाथा देख्न सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर मौसम सफा भएको बेला उत्तर-पूर्वमा देख्न सकिन्छ सगरमाथा । हेर्नुस् सोमबार काठमाडौंको बोसन डाँडाबाट देखिएको हिमश्रृंखला :


प्रकाशित : आश्विन ३१, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्