कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शताब्दी पुरुषलाई राष्ट्रिय सम्मानका साथ शोक सलामी [तस्बिरहरू]

अनिश रेग्मी

काठमाडौँ — शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरमा फूलमाला चढाउँदै नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मानका साथ शोक सलामी अर्पण गरेको छ । जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको प्रांगणमा राखी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ व्यक्तित्वहरू आइतबार दिउँसो महानगरपालिकाको प्रांगणमा पुगेका थिए । त्यसपछि जोशीको पार्थिव शरीर किस्ट मेडिकल कलेजलाई बुझाइएको छ । उपचारका क्रममा आइतबार निधन भएका जोशी जीवित रहँदा इच्छाएअनुसार उनको पार्थिक शरीर अध्ययनका लागि मेडिकल कलेजलाई बुझाइएको हो । केही महिनायता अस्वस्थ रहेका जोशीको १०३ वर्षको उमेरमा ललितपुरको किस्ट मेडिकल कलेजमा आइतबार बिहान निधन भएको हो ।


प्रकाशित : आश्विन ३०, २०७९ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन [फोटोफिचर]

अनिश रेग्मी

काठमाडौँ — रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको दुई वर्ष पूरा भइसकेको छ ।

उक्त घटनालाई लिएर संसदमा पनि प्रश्न उठ्यो । दोषीमाथि कडा कारबाही गर्न लागि विभिन्न संघसंस्था र नागरिक अगुवाहरूले निरन्तर दबाब दिँदै आएका छन् । २०७७ को जेठ ३१ गतेदेखि एक सातासम्म लगाएर सांसदहरूको टोलीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा उक्त घटना संगठित र योजनाबद्ध रुपमा भएको निष्कर्ष निकालिएको छ ।

तैपनि घटना भएको दुई वर्ष बित्दासमेत पीडित परिवारले न्याय पाउन सकेका छैनन् । सोही घटनाका पीडित परिवारसहित अभियानकर्मी तथा नागरिक अगुवाहरूले मंगलबार माइतीघरमा दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७९ १४:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×