२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बैंक खाता खोल्न म्यादी प्रहरीको लाम [तस्बिरहरु] 

लक्ष्मी गौतम

पाँचथर — मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि पाँचथर जिल्लाका लागि १ हजार १२ जना म्यादी प्रहरी छानिएका छन् । छानिएका यत्तिका म्यादीले बिहीबार खाता खोलेका छन् । उनीहरुको बैंक खाता खोल्न जिल्ला प्रहरी कार्यालयले बैंकका घुम्ती टोली कार्यायल सामुन्ने रहेको बीपीपार्कमा बोलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले यत्तिका म्यादी छनौट गरेको हो । म्यादी प्रहरीका लागि जिल्लाभरबाट १ हजार ५ सय ७५ जनाले आवेदन दिएका थिए । उनीहरुलाई विभिन्न चरणका परीक्षामार्फत छनौट गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।छानिएका यत्तिका म्यादी प्रहरीलाई बिहीबार सम्पर्कमा बोलाएर बैंक खाता खुलाइएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार म्यादी प्रहरीलाई अब असोज ३० गतेदेखि तालिम दिँदै काममा लगाइनेछ ।


प्रकाशित : आश्विन २७, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्