कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकर्मा पूजा मनाइँदै

तस्बिर : केशव थापा

काठमाडौँ — प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिबन तथा विभिन्न ध्वजापताका लगाएर सिँगारेका छन् । आज पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्त्व बढ्दै गएको छ ।


प्रकाशित : आश्विन १, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्