कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंका लागि बसको टिकट बुकिङ खुल्यो

तस्बिर : केशव थापा

काठमाडौँ — दसैंका लागि शनिबारदेखि बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभागलगायत सरोकारवालाहरूको संयुक्त बैठकले यसअघि नै गरेको निर्णयअनुसार असोज १ गतेदेखि बसको टिकट बुकिङ खुला गरेको हो । 

नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार नयाँ बसपार्कमा अन्य ठाउँमा भन्दा यात्रुहरूको चाप लागेको छ ।

यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ । दसैंको बेलामा यात्रुहरू ठगिने भएकाले त्यसलाई मध्यनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमा टिकट काट्ने स्टल राखिएको अध्यक्ष स्वाँरले बताए ।

सडकको अवस्था खराब भएकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई आइतबार भेटेर यथाशिघ्र सडक मर्मत गर्न आग्रह गर्ने उनले जानकारी दिए ।


प्रकाशित : आश्विन १, २०७९ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्