डेंगु संक्रमितले भरिँदै टेकु अस्पताल

तस्बिर: अंगद ढकाल

काठमाडौँ — देशका प्रमुख सहरसहित विभिन्न जिल्लामा केही सातादेखि नै डेंगु संक्रमण फैलिएको छ । हालसम्म डेंगुका बिरामीको संख्या ११ हजार नाघिसकेको छ । काठमाडौंको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार यहाँ हाल उपचार गराउन आउने ९० प्रतिशत बिरामीहरू डेंगुका बिरामी रहेका छन् ।

डेंगु क्लीनिकमा बिरामी जाँच्दै गरेका अस्पतालका संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले हरेक घरमा डेंगुका बिरामी रहेको भन्दै अझै पनि जोखिम बढेको भन्दै सचेत गरेका थिए । स्वास्थ्यकर्मीहरूले डेंगु नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव दिइरहँदा सरकारले भने पर्याप्त पहल गर्न सकिरहेको छैन । पछिल्लो समय काठमाडौंसहित चितवन, भैरहवा, बुटवल, दाङ, लगायत सहर डेंगु संक्रमणबाट बढी प्रभावित रहेका छन् । सरकारले भने प्रभावित क्षेत्रमा पनि रोकथामको अभियान सञ्चालन गरिरहेको छैन ।


प्रकाशित : भाद्र ३१, २०७९ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्