कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिपुरमा मिटरब्याज पीडितमाथि प्रहरीको लाठी

तस्बिर : केशव थापा

कीर्तिपुर — न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४१ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा प्रहरी उनीहरुमाथि जाइलागेको हो ।

प्रहरीको कुटाईबाट ४–५ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी घेराबन्दीमा राखेपनि उनीहरुले सरकारसामु न्यायको माग गर्दै नाराबाजी गर्न भने छाडेका छैनन् । अहिले प्रहरीले करिब २० जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुरमा गएको डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताए । प्रहरीले आज आन्दोलनरत पीडितहरुलाई कीर्तिपुरमै रोकेर राखेको छ । तराईबाट आएका उनीहरु ४१ दिनदेखि उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् ।


प्रकाशित : भाद्र २७, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्