कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी मनाइँदैछ ऋषिपञ्चमी

तस्बिर : इलिट जोशी

काठमाडौँ — भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी बिहीबार हिन्दु महिलाहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले ऋषिपञ्चमीको दिन बिहानै नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने; गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

मुलुकभरका ऋषेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनको भीड लागेकाे छ ।

त्यसैगरी, आजकै दिन ऋषेश्वर मन्दिरहरूमामा सामूहिक पञ्चमीको पूजासमेत हुने गर्छ । पञ्चमीको पूजामा विशेषगरी दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गर्ने प्रचलन रहेको छ ।


प्रकाशित : भाद्र १६, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्