२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

वाग्मतीमा र्‍याफ्टिङ सरर

तस्बिर : किरण पाण्डे

काठमाडौँ — वाग्मती नदीमा शनिबार बिहान र्‍याफ्टिङ गरिएको छ । वाग्मती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो । १२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् ।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणी चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहभागी थिए । उक्त जलयात्रामा वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए । कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो । सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको वाग्मती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनीयाममा जलयात्रा महोत्सव गर्दै आएको छ ।


प्रकाशित : भाद्र ४, २०७९ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्