लैंगिक अल्पसंख्यकको 'गौरव यात्रा'

काठमाडौँ — गाईजात्राको अवसरमा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) समुदायले काठमाडौंमा 'प्राइड परेड' (गौरव यात्रा) प्रदर्शन गरेका छन् । ब्लु डायमन्ड सोसाइटीको आयोजनामा ठूलो संख्यामा एलजीबीटीआईक्यू समुदायका युवाहरूले शुक्रबार काठमाडौंको ठमेलदेखि टुँडीखेलसम्म र्याली गरेका हुन् ।


हरेक वर्ष मनाइने यो कार्यक्रममा पछिल्लो समय उक्त समुदायका मानिसहरूको उत्साहजनक सहभागिता हुने गरेको छ। शुक्रबारको प्राइड परेडका लागि अमेरिकी दूतावासले सहयोग गरेको बताइएको छ । विश्वका थुप्रै देशमा आत्मसम्मानसहितको सामाजिक आन्दोलनको रूपमा लिइने प्राइड प्यारेड नेपालमा भने पहिलो पटक २०१९ मा गरिएको थियो ।











