कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्ती पस्यो सप्तकोसी

प्रभावित सर्वसाधारण सुरक्षित स्थानतर्फ
डिल्लीराम खतिवडा

उदयपुर — झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै बेलका नगरपालिका ८ डुम्रीबोटे हुँदै कोसी नदीको बहाव बस्ती पसेको छ । नगरपालिकाका वडा नं. ८, ९ र ३ मा नदी पसेपछि त्यहाँका सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

पश्चिम तटीय क्षेत्रको बेलका नगरपालिका ८ डुम्रीबोटेबाट सप्तकोसी पस्दा नगरपालिकाको ८, ९, ३, २ र १ वडा प्रभावित भएका छन् । बुधबार बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको थियो ।

विशेष गरेर डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको स्थानीयले बताए । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती खतरामा परेका छन् ।

अहिले कटान गरिहेको डुम्रिबोटे क्षेत्र रोक्न गरिएका सबै खाले प्रयास असफल भएको नगरप्रमुख कार्कीले बताए । त्यसैले जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले बताए ।


प्रकाशित : श्रावण १८, २०७९ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्