कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि झडप [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । विवादित गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारस्थित नेपाल रास्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट नेविसंघ र अखिल (क्रान्तिकारी)का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने उद्देश्यले प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति 'राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्तिमात्र गभर्नर हुनसक्ने प्रावधान' विपरीत भएको खुलेको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले विरोधलाई जारी राखेका छन् ।


प्रकाशित : श्रावण १, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्