कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटक लोभ्याउँदै चित्तल [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले चित्तलको रोमाञ्चक गतिविधि देखेर पर्यटक रमाउने गरेका छन् । निकुञ्ज पस्नासाथ प्राकृतिक वातावरणमा चित्तल देखिएर पर्यटकलाई आल्हादित वातावरण प्रदान गर्छन् । निकुञ्जमा चित्तलसहित जरायो, लगुना र रतुवाले पर्यटक भुलाउने गरेका छन् ।

बर्दियामा लोपोन्मुख पाटेबाघ वृद्धि हुन थालेपछि यहाँको पर्यटन व्यवसाय फस्टाउन थालेको निकुञ्जका सहायक वार्डेन मुकुन्द संजेलले बताए । निकुञ्जमा पर्यटकहरु दुर्लभ वन्यन्तु र चरा अवलोकन गर्न आउनेक्रम बढेसँगै बर्दियामा वन्यजन्तु पर्यटन फस्टाउन थालेको हो । सधैंभरि बाघ नदेखिए चित्तलसहित जरायो, लगुना र रतुवा हेरेरै आनन्दित हुने गरेका छन् । निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगल छन् भने तराईको धेरैजसो भाग सालका जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ ।

(बर्दियाबाट फर्केर)


प्रकाशित : असार ८, २०७९ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्