कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुरमा मिटरब्याज पीडितले काठमाडौं माइतीघर मण्डलामा गरेको प्रदर्शन, गोरखाको पालुङटारको खारखोला फाँटमा बाढीले चैते धान सोत्तर बनाएको लगायत तस्बिरले प्राथमिकता पायो । त्यस्तै अनामनगरमा गर्मी छल्न पौडी खेल्न जाँदै विद्यार्थीहरु, कोक्रोमा शिशु बोकेर नाम्चे बजार आउँदै गरेको महिलाको तस्बिरले पनि स्थान पाएका छन् ।

सागा दावा महिना परेको अवसरमा काठमाडौंको भगवानपाउस्थित कोरा गर्दै स्वयम्भू स्तुपको परिक्रमा गर्दै भक्तालु महिला । तस्बिर : सन्जोग मानन्धर

मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याजपीडितले काठमाडौं माइतीघर मण्डलामा गरेको प्रदर्शन । तस्बिर : अंगद ढकाल

सोलुखुम्बुको स्याङ्बोचेबाट कोक्रोमा शिशु बोकेर नाम्चे बजार आउँदै महिला । तस्बिर : मनोज पौडेल

राजधानीको जमलमा मंगलबार पाइप राख्न खनिएको खाल्टोमा फसेको स्कुल बसले गर्दा करिब १ घण्टा सडक जाम भएको थियो । पछि बसलाई डोजरको सहायताले निकालिएको थियो । तस्बिर : केशव थापा

उपत्यकाको चक्रपथ सातदोबाटो खण्ड हुँदै टेम्पोको पछाडि झुन्डिएर जोखिमपूर्ण यात्रा गर्दै र धादिङ धुनीबेंसी नगरपालिकास्थित ग्रामीण भेगको ढुंगाले छापेको सडकमा गुडिरहेको अटोरिक्सा । तस्बिर : इलिट जोशी/सरिता श्रेष्ठ

काठमाडौंको अनामनगरमा गर्मी छल्न पौडी खेल्न जाँदै स्कुलका बालबालिकाहरु । तस्बिर : बिजु महर्जन

प्रकाशित : असार ४, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्