कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैते धान थन्क्याउन चटारो [तस्बिरहरू]

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका–११ मुसेखोलामा आइतबार बिहानैदेखि किसानहरु चैते धान काट्न व्यस्थ देखिन्थ्ये । व्यास–१ अंम्रेनीका किसानहरूलाई पनि केही दिनयता चैते धान भित्र्याउन भ्याइनभ्याइ छ । देशभरका विभिन्न ठाउँमा असारे धान रोपाइँ सुरु भइसक्दा तनहुँका केही फाँटमा भने किसानहरूले चैते धान भित्र्याउने काम सकेका छैनन् ।

व्यासको मुसेखोला, अंम्रेनी लगायत क्षेत्रका खेतमा किसानहरू कतै धान झाँट्दै छन् त कतै काटिरहेका देखिन्छन् । चुँदी, कलेस्ती, सांगे, पुर्कोट, म्याग्दे, तनहुँसुर, सेपाबगैँचा, कपुर्कोट, अत्रौली, आँबुखैरेनी लगायत क्षेत्रहरू तनहुँमा धानखेतीका लागि प्रख्यात मानिन्छन् ।

प्रकाशित : जेष्ठ २९, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्