कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरू आन्दोलित [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — सरकारले निरन्तर गरेको मूल्यवृद्धिका विरुद्ध सत्तारुढसहितका विद्यार्थी संगठनहरूले आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार दिउँसो निगमको कार्यालय पुगेर नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनका शीर्ष नेताहरू आयल निगम अगाडि नारावाजी गर्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

सरकारले एकै सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएपछि विद्यार्थी नेताहरू आन्दोलित बनेका हुन् । सरकारको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनहरू सम्मिलित 'संयुक्त विद्यार्थी मोर्चा'ले विरोध प्रदर्शन एवं आयल निगम घेराउका लागि आह्वान गरेको हो । पछिल्लो पटक सरकारले जारी गरेको तालिका अनुसार खाना पकाउने ग्यासमा मात्रै प्रतिसिलिन्डर २ सय रुपैयाँ मूल्यवृद्धि भएको छ । साथै डिजेल, पेट्रोल लगायत इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि भएको छ । जसअनुसार अब एलपी ग्यासको मूल्य १८०० रुपैयाँ पर्नेछ भने पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पर्नेछ । यस्तै डिजल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्नेछ ।


प्रकाशित : जेष्ठ ११, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्