लुम्बिनीमा मोदी

तस्बिर : मनोज पौडेल

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबुद्ध जन्मस्थल लुम्बिनी आएर फर्किएका छन् । उनी २५६६औं बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी भए ।

मायादेवीमा मन्दिरमा पूजाआजा, विहारको शिलान्यास र बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गरेर उनी फर्किएका छन् । लुम्बिनीमा उनले करिब ६ घण्टा बिताए ।

भारतीय वायुसेनाको हेलिकोप्टरबाट आएका उनलाई नेपाली समकक्षी शेरबहादुर देउवाले लुम्बिनीको पञ्चशीलअंकित उपहार प्रदान गरेका थिए ।


प्रकाशित : जेष्ठ २, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा दुई जना पत्रकार वडाध्यक्षमा निर्वाचित

कान्तिपुर संवाददाता

जाजरकोट — जाजरकोटका २ जना पत्रकार स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाल प्रेस युनियनसंग आवद्ध सगरमाथा टेलिभिजनका जिल्ला सम्वादाता बद्री पन्त नलगाड नगरपालिका–४ को वडाध्यक्षमा विजयी भएका हुन् ।

नेपाल प्रेस सेन्टरसंग आवद्ध वसन्तप्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका–४ को अध्यक्ष पदमा निर्वाचित भएका हुन् । दुवै जना पत्रकार समाजसेवीका रुपमा समेच चर्चित थिए ।


प्रकाशित : जेष्ठ २, २०७९ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×