कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

२०७८ साललाई फर्केर हेर्दा [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि राजनीतिक‚ आर्थिक‚ न्याय‚ स्वास्थ्य‚ शिक्षा क्षेत्र‚ प्राकृतिक प्रकोपलगायत विषयमा अस्थिरता र अन्योलताकै बीचबाट विसं. २०७८ साल आजबाट सकिँदैछ । २०७८ साल समग्रमा थोरै खुसी र धेरै निराशाजनक अवस्थाबाट गुज्रिएको वर्ष बन्यो ।

कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउनका लागि नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलअगाडि देखिएको लाइन । तस्बिर: अंगद ढकाल

राजनीतिक रुपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन र अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोध र समर्थनको वरिपरि विभिन्न परिघटनाहरू देखा परे । यो वर्ष दोस्रो पटक प्रतिनिधिसभा विघटन र बदर मात्रै भएन, कांग्रेसबाहेकका सबै राजनीतिक दलमा विभाजन आयो, प्रमुख राजनीतिक दलले आफ्नो महाधिवेशन पनि यही वर्ष सम्पन्न गरे ।

शय्या नपाएपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालअगाडि भुइँमा बसिरहेका कोभिड संक्रमित । तस्बिर: किरण पाण्डे

त्यस्तै स्वास्थ्य क्षेत्रमा कोभिड-१९ ले जनजीवनलाई पुनः प्रभावित बनायो । ७५ दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ गुणाले कम भएका छन् भने २२ महिनापछि शून्य मृत्यु, ६६.१ प्रतिशत नागरिकलाई पूर्ण खोप प्राप्त भएको छ । यो वर्ष पारासिटामोल, एस्टेरोइड, रगत पातलो बनाउने औषधि, श्वासप्रश्वासका बिरामीले सेवन गर्ने औषधि, शल्यक्रिया सामग्री, अक्सिजन मास्कलगायतको चरम अभावसमेत हुन पुग्यो । एन्टिबायोटिकहरू एजिथ्रोमाइसिन, डक्सिसाइक्लिन, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंकलगायत करिब ३० प्रकारका औषधिको सहज उपलब्ध थिएन ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरमा भएको प्रदर्शन । तस्बिर: केशव थापा

आर्थिक क्षेत्रमा पनि यो वर्ष धेरै उतारचढाव देखा परे । यो वर्ष विशेषगरी अर्थतन्त्रमा सुधार भएको देखिएको छैन । शोधनान्तर घाटा बढ्नु, अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति घट्नु, व्यापार घाटा र मूल्यवृद्धि तीव्र दरले उकालो लाग्नु, रेमिट्यान्स आप्रवाह वृद्धिदर ऋणात्मक हुनुलगायत सूचकले अर्थतन्त्रमा सुधार नभएको पुष्टि गर्छन्त्यस्तै मूल्य वृद्धिदर ७.१४ प्रतिशत पुगेको छ भने आयात ३८.६ र निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको छ । रेमिट्यान्स अमेरिकी डलरमा ३ प्रतिशत घटेको छ भने २ खर्ब ५८ अर्ब ६४ करोड शोधनान्तर घाटा भएको छ । यसैगरी कुल विदेशी विनिमय अमेरिकी डलरमा साढे १८ प्रतिशतले कम भएको छ भने निक्षेप वृद्धिदर १४ प्रतिशत पुगेको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट डुबानमा परेको बस्ती । तस्बिर: इलिट जोशी

२०७८ मा जनतालाई सेवा प्रवाह गर्ने सवालमा सर्वोच्च अदालत नराम्ररी चुकेको देखिएको छ । कोभिडका कारण सेवा संकुचन, न्यायाधीशहरूको इजलास बहिष्कारलगायत कारण यो वर्ष १२ प्रतिशत मुद्दा मात्रै फर्स्योट भएका छन् ।यसैगरी यो वर्ष मेलम्चीमा आएको बाढीले त्यहाँका बस्तीहरू डुबानमा परे । उक्त डुबानबाट थुप्रै जनधनको क्षती भयो । तस्बिरमा २०७८ सालमा घटेका यी र यस्तै विभिन्न घटनाहरू:

स्यानिटरी प्याडमा लगाएको करको विरोधमा प्रदर्शन गर्दै । तस्बिर: संजोग मानन्धर

न्यायका लागि नेपालगंजबाट हिंडेर काठमाडौं आएपछि काठमाडौंको माइतीघरमा अनसनरत रुबी खान लगायत । तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

एमसीसीको पक्षमा हात उठाउँदै सांसद । तस्बिर:प्रकाशचन्द्र तिमिल्सेना

कोभिडकालपछि सिनेमा घरलाई निर्मलीकरण गर्दै कामदार । तस्बिर: संजोग मानन्धर

सिन्धुलीमा लागेको डढेलो । तस्बिर: केशव थापा

नेपाल भ्रमणको क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी । तस्बिर: अनिश रेग्मी

बंगलादेशमा भएको भलिबल प्रतियोगितामा बिजयी भएर फर्केको नेपाली महिला टिम । तस्बिर: हेमन्त श्रेष्ठ


प्रकाशित : चैत्र ३०, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्