कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमुना फेसनका ‘अद्वितीय प्रतिबिम्ब’ [तस्बिरहरु

तस्बिर : कविन अधिकारी

काठमाडौं — नेपालमा शैक्षिक क्यालेन्डरमा विश्वविद्यालय तहमा फेसन विषय पढाइने कलेज नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीले पढाइको स्नातक तह (ग्रेजुएसन) पूरा गरेपछि कलात्मक फेसनको झलक देखाएका छन् ।

ग्रेजुएसन विद्यार्थीको १६ औं संस्करणमा ‘अद्वितीय प्रतिबिम्ब’ शीर्षक राखेर होटल सोल्टीमा बुधबार साँझ आयोजित फेसन सोका ११ विभिन्न अवधारणामा विद्यार्थीले ८२ वटा मनमोहक डिजाइन तथा फेसनको र्‍याम्प सो गरेका थिए । संचारकर्मी रोजिन शाक्यले गरेको फेसन कोरियोग्राफीमा २३ युवती र ८ युवा मोडेल र्‍याम्पमा उत्रिएका थिए ।

कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरले विद्यार्थीलाई सैद्धान्तिकका साथै व्यवहारिक पढाइको आधारमा पोख्त बनाउन यसपटक ग्रेजुएसनमा विद्यार्थीले तयार गरेको डिजाइन र सिर्जनात्मक विविधतालाई प्रदर्शनीमा ल्याइएको जानकारी दिइन् । प्रकृति र जीवन तथा अस्तित्वगत जीवनचक्रसँग जोडिएका सारभूत विषयलाई यसपटकको प्रदर्शनीमा स्थान दिइएको तुलाधरले बताइन् । पूर्वान्चल विश्वविद्यालयसँग सम्बन्धन लिएको कलेजमा आठ सेमेस्टरमा पठाइने फेसन ग्रेजुएसनका सबै विद्यार्थी पढाइसकिंदा आफ्नो काममा व्यवहारिक र व्यावसायिकसमेत बन्ने गरेको अनुभव उनले सुनाइन् ।


प्रकाशित : चैत्र २६, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्