कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियो कान्तिपुरको 'होली हंगामा' [तस्बिरहरु]

शब्द/तस्बिर : केशव थापा

ललितपुर — फागु पूर्णिमाको अवसरमा रेडियो कान्तिपुरले बिहीबार होली कार्यक्रम आयोजना गरेको छ । पुल्चोकस्थित रेडियो स्टेशन परिसरमा 'होली हंगामा' कार्यक्रम ‍ लोकप्रिय कलाकारहरुको जमघटमा मनाइएको हो । कार्यक्रममा धर्मेन्द्र सेवान, कमल क्षेत्री, शान्तिश्री परियार, विश्व नेपाली, बालेन शाह, प्रिती कौर, आभाष लाभले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै हास्यव्यंग्य कलाकार राजाराजेन्द्रको प्रस्तुतिले कार्यक्रम थप रमाइलो बनेको सहभागीले बताएका छन् ।

कार्यक्रममा कान्तिपुर पब्लिकेसन्स्‌का अध्यक्ष कैलास सिरोहिया, एजीएम महेश स्वाँर, एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने पनि सहभागी थिए । हरेक वर्ष कान्तिपुर रेडियोले होली कार्यक्रम गर्दै आएको छ । तर गत दुई वर्ष भने कोरोना भाइरस महामारीका कारण रोकिएको थियो । बिहीबारको कार्यक्रम रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजन, कान्तिपुर सिनेफ्लेक्सले प्रत्यक्ष प्रसारण गरेका थिए ।


प्रकाशित : चैत्र ३, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्