फुटबल खेलाडीको होली [फोटोफिचर]
काठमाडौँ — राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले सातदोबाटोस्थित अल नेपाल फुटबल एसोसियसन (एन्फा) कम्प्लेक्समा होली मनाएका छन् । बिहीबार राष्ट्रिय टोलीका खेलाडी र अफिसियलले एकआपसमा रङ दलेर होली मनाएका हुन् ।
नेपालले चैत १० गते थाइल्यान्डसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको प्रशिक्षण बुधबारदेखि सुरु भएको छ ।