कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

सिञ्जाको सौन्दर्य

शब्द/तस्बिर : हरिहरसिंह राठाैर

काठमाडौँ — जुम्लाको ऐतिहासिक सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ । यहाँबाट प्राचीन कालमा जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शीलालेखमा नेपाली लिपि भेटिन्छन् । सिञ्जा उपत्यकामा इसाको १३औँ शताब्दीको देवनागरी लिपि फेला परेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

सिञ्जा उपत्यका खस मल्लहरूको राजधानी थियो। १२औँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ। तिब्बती भाषामा सिञ्जालाई ध्यात्से भनिन्छ । सिञ्जाका शासकहरुलाई श्रन्चन गोम्पोका सन्तान मानिन्छ । प्राचीन कालमा कर्णाली प्रदेशलाई 'स्वर्णप्रस्थ' पनि भनिन्थ्यो । भाषा र संस्कृतिसँगै प्राकृतिक रुपमा पनि सिञ्जा उपत्यका प्रसिद्ध छ । यो उपत्यकालाई चिर्दै निस्किएको तीला नदी र हरिया फाँटको मनोरम दृश्यले जोसुकैलाई लोभ्याउँछ ।

स्याउ लगायतका फलफूल यस क्षेत्रमा बढी मात्रामा उत्पादन हुने गर्छ । यद्यपि उच्च पहाडी यस क्षेत्रको पर्याप्त प्रचार प्रसार नभएको स्थानीय अगुवाहरूको गुनासो छ । ऐतिहासिक खस राज्यको सिञ्जा दरबारसहित थुप्रै ऐतिहासिक स्तम्भ यहाँ भेटिन्छन् ।


प्रकाशित : फाल्गुन २७, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्