३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर्णालीतीरका सुन्दर बस्ती र बजार

तस्बिर : हरिहरसिंह राठौर

राकम — सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्ने २३२ किलोमिटर लम्बाइ सडकखण्डलाई कर्णाली राजमार्ग अथवा सुर्खत–जुम्ला सडकखण्ड भनिन्छ । निर्माण कालका बेलामा सुर्खेत–जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको थियो ।

पहिले कर्णाली नदीका छेउछाउमा सामान्य बस्तीहरु रहे पनि बजार भने बसिसकेको थिएन । कच्ची सडक निर्माणसँगै सडकछेउमा बास बस्नका लागि स–साना होटेलहरू बने र बिस्तारै बजार विस्तार हुन थाले । कर्णाली नदी किनार वरपर सुर्खेत, दैलेख र अछामका थुप्रै मौलिक र सुन्दर बस्ती छन् ।

सुर्खेतबाट जुम्ला पुगुन्जेलका ठूला बजार बडिचौर, मानखोला, तल्लोडुंगेश्वर, पालतडा, असाराघाट, टुनीबगर, जाक्सीखोला, सेलबजार, राकमकर्णाली, खोलीबजार र खिडकीज्युला मुख्य व्यापारिक केन्द्रमा परिणत भएका छन् ।

कर्णाली राजमार्गमा सबैभन्दा ठूलो बजार दैलेखको आठबीस नगरपालिकास्थित राकम कर्णाली नै हो । सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक र जडिबुटीका व्यापारीको आहोरदोहोर हुने भएकाले बजार चलेका छन् ।


प्रकाशित : फाल्गुन ११, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्