सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्ने २३२ किलोमिटर लम्बाइ सडकखण्डलाई कर्णाली राजमार्ग अथवा सुर्खत–जुम्ला सडकखण्ड भनिन्छ । निर्माण कालका बेलामा सुर्खेत–जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको थियो ।
भेरी नदी किनारलगायत कर्णाली प्रदेशका फाँटहरु यतिबेला तोरी फुलेर पहेँलपुर छन् । सल्यान, रुकुम, जाजरकोट, सुर्खेतलगायत सिचाइँ नहुने जिल्लाका फाँटहरुमा वर्षे बालीलगत्तै तोरी र सर्स्यूँ रोप्ने गरिन्छ ।
मानवीय बस्ती र अन्न उत्पादनका दृष्टिकोणले देशका सबैभन्दा ठूला टारहरु मध्यको एक हो-धादिङको सल्यानटार । अघिल्ला वर्षहरुका गर्मी मौसममा सल्यानटार उराठलाग्दो र उजाड हुन्थ्यो । सिँचाई अभावका कारण घरछेउछाउका जग्गामा घैया धान र मास छर्ने सल्यानटारवासीहरुले यसपाला त्यसो गरेनन् ।
लकडाउनका कारण सवारी आवगमन ठप्प छ । पछिल्लो समय सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेसँगै सधै व्यस्त रहने पृथ्वी राजमार्ग पनि सडक सुनसान छ । दैनिक हजारौं सवारीसाधन गुड्ने राजमार्गमा अत्यावश्यकीय सवारीसाधन बाहेक अरु गुड्दैनन् । हेर्नुहोस् मुग्लिनदेखि नौबिसेसम्म ड्रोनले खिचेका तस्बिरहरु ।