कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

साताका ७ तस्बिर

यो साताका ७ तस्बिरहरु
कान्तिपुर संवाददाता

काठमाडौँ — लगातार दुई दिनको वर्षातले सुर्खेत–दैलेख सिमानामा पर्ने गुराँसेडाँडामा शुक्रबार १६ सय मिटरदेखि नै हिमपात भएपछि हिउँ खेल्नेहरु नेपालगन्ज, सुर्खेतबाट समेत आइपुग्दा शनिबार ९ किलोमिटरसम्म सवारी जाममा परेका थिए । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले माघ २१ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका स्थायी प्रकृतिका संरचना हटाउन एक हप्ते सूचना जारी गरेको थियो । त्यसको विरोधमा सोमबार काठमाडौंका सुकुम्बासीहरुले माइतीघरमा प्रदर्शन गर्दै । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो तर एक महिनामै बस्ती पुन: बसेको थियो। बिना विकल्प आफूहरुलाई हटाउन नमिल्ने उनीहरुको भनाइ छ। तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

कोटेश्वर जडिबुटी खण्डको सडक बिस्तार गर्ने क्रममा कालोपत्रे गर्नुअघि धुलो हटाउँदै कामदार । तस्बिर : दीपेन्द्र रोक्का

ललितपुरको एक सपिङ मलमा बिग्रिएको एयर कन्डिसन निकाल्ने प्रयास गर्दै कामदार । तस्बिर : अनिश रेग्मी

वाग्मती किनारमा साथीको कपाल काटिदँदै एक युवक । तस्बिर : सन्जोग मानन्धर

ललितपुरको खोकनामा साग टिप्न जाँदै किसान । तस्बिर : अनिश रेग्मी

रामकोट, नागार्जुन नगरपालिका –८ स्थित नर्सरीमा गुलाबको फूल टिप्दै पुष्प व्यसायी अन्जना आचार्य । प्रणय दिवस (भ्यालेन्टाइन डे) नजिकिएसँगै बजारमा गुलाबको माग ह्वात्तै बढेको छ। तस्बिर : केशव थापा

प्रकाशित : माघ २९, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्