२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सुन्दर हिमाल हेर्न सुन्तलेसम्म [फोटोफिचर]

शाहीमान राई

भोजपुर — हिँउ परेर चिसो भए पनि भोजपुरको सुन्तलेमा यसपटक आन्तरिक पर्यटकहरूलाई हिउँ खेल्ने मौका मिलेको छ । सुन्तले, मैयुङ, टेम्के, साल्पापोखरी, शिलिचुङ क्षेत्रमा एक महिनादेखि हिउँ परिरहेको छ । पुस १५ देखि नै हिउँ परेको यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको आगमन पनि बाक्लै देखिएको छ ।

लामो समयदेखि भोजपुरको सुन्तले डाँडामा परेको हिउँ बिलाइसकेको छैन । हिउँ खेल्न र हिमाल अवलोकन गर्न भोजपुर सदरमुकाम लगायत विभिन्न गाउँबाट सर्वसाधारणहरू सुन्तलेसम्म पुग्ने गरेका छन् । मोटरसाइकल, कार वा पैदल पनि आन्तरिक पर्यटकहरू आउने क्रम अघिल्ला वर्षहरू भन्दा यस पटक बढी नै भएको स्थानीयहरू बताउँछन् ।

झण्डै ४ वर्षको अन्तरालमा यस क्षेत्रमा पुसको दोस्रो साता २ दिन मात्रै हिउँ परेको थियो । हिमपातले अत्याधीक चिसो बढेकाले जनजीवन कष्टकर भएको छ । तैपनि यसपटक मैयुङ, साल्पा र शिलिचुङ चुचुरो हिउँले ढाकिएर हिमाल जस्तै सुन्दर देखिएका छन् ।


प्रकाशित : माघ १६, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्