शाहीमान राई

शाहीमान राईका लेखहरु :

पालिका अध्यक्ष शपथ लिएदेखि ओछ्यानमै

२०७४ असोज २ गते स्थानीय तह निर्वाचनको मत परिणाम आउँदा औधी खुसी थिए उनी । अत्यधिक बहुमतले विजयी भएका थिए । तर उनी अहिले चाहेर पनि आफ्नो जिम्मेवारीमा खटिन पाएका छैनन् । शपथ लिएदेखि नै ओछ्यान परेझैं भएका छन्, जिल्लाको सुदूरपूर्व जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष ६९ वर्षीय अब्दुल वारिक शेख ।

हिंसापीडितलाई छुट्टै उपचार

सरकारले पछिल्लो समय यौन तथा शारीरिक हिंसामा परेका बिरामीलाई अस्पतालमा छुट्टै उपचारको व्यावस्था गरेको छ । लैंगिक विभेद र हिंसामा परेका महिला, पुरुष र तेस्रो लिंगीलाई उपचारका लागि हरेक अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) सञ्चालनमा ल्याएको हो ।

बालउद्यान बनाई वन संरक्षण

राजमार्ग दक्षिण धनुषा सदरमुकाम जनकपुरदेखि उत्तर धनुषाधाम आसपासको वन क्षेत्र उजाड थियो । एकताका त्यस आसपासको घना जंगल फडानी गर्दै रूख, बोटबिरुवा कटान गर्न स्थानीयबासी प्रतिस्पर्धा नै गर्थे । वन कार्यालयका कर्मचारी उनीहरूको साक्षीबाहेक अरू केही गर्दैनथे । तर, केही वर्षदेखि अवस्था फेरिएको छ ।

चिसो भुईमा सुत्छन् बाढीपीडित

जनकनन्दनी गाउँपालिका–१ इनर्वाकी ७५ वर्षीया भागवदेवी सदा बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएकी छन् । इनर्वाकी ७८ वर्षीया राजकुमारी सदा पनि छिमेकी कै शरणमा छिन् । उनीहरुजस्तै सोही गाउँकी ७५ बर्षिया आरतीदेवी गिरी, ५५ बर्षिया जुलवीदेवी सहनी, ५० वर्षीया सीता सदा, ४० वर्षीया निरुदेवी दास, ४९ वर्षीया काउलीदेवी कामत लगायत धनुषाका बाढीपीडित छिमेकीको शरणमा छन् ।

जग्गा विवादले विद्यालय तनावग्रस्त

वर्षौंदेखि विद्यालयले खेलमैदानका रूपमा भोगचलन गर्दै आएको जमिन जग्गाधनीले आफै उपभोग गर्ने भन्दै सीमास्तम्भ गाडेपछि विवाद चुलिएको छ । विद्यालय सञ्चालक समिति र जग्गाधनीबीच विवादले चुलिएको हो ।

श्रीमतीले छल गरेपछि....

तराई मधेसमा दाइजो, बालविवाह, अनमेल विवाह, कुटपिट जस्ता महिलामाथि घरेलुहिंसाका समाचार सुन्ने गरिएको छ । तर महिलाले पुरुषलाई हिंसा गरेको समाचार प्रायः आउँदैन । महिला हिंसाविरुद्ध सामाजिक अभियान व्यापक भएपछि पुरुषमाथिको हिंसा ओझेलमा परे पनि महिलाले पुरुषलाई हिंसा गरेको प्रतिनिधि घटना सार्वजानिक हुन थालेका छन् ।

योजना सकियो, सडक अधुरै

एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजनाअन्तर्गत सडक विस्तार, कालोपत्रे र फुटपाथ निर्माण पूरा नहुँदै ठेकेदारसितको सम्झौता म्याद सकिएको छ । 

जनकपुरमा अप्टिकल फाइवर

नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले फाइबर टू द होम (एफटीटीएच) योजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत २५ वटै वडामा तीव्र गतिमा चल्ने इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्न लागेको हो । 

जमिनविहीन छन् दलित

दलितको नाममा जमिन नहुँदा नागरिकता र नागरिकता नहुँदा जमिनको अधिकारबाट वञ्चित रहेको सरोकारवाला दलित अगुवाले बताएका छन् । नेपाल मधेस फाउन्डेसनद्वारा जनकपुरमा आयोजित दलितको भूमि र नागरिकताको सवालबारे सार्वजानिक बहस कार्यक्रममा सरोकारवाला, दलित अगुवा तथा अधिकारकर्मीले तराईमा बसोबास गर्ने अधिकांश दलित घरवारविहीन अवस्थामा रहे पनि दलित समुदायको उत्थान र विकासका निम्ति राज्यले चासो नदिएको धारणा राखेका छन् ।

काम शून्य, खर्च धेरै

स्थानीय तहमा जनप्रतिनिधिले पदभार सम्हालेको १ वर्षपछि कमला नगरपालिकाले २०७५ माघ ७ मा पहिलो नगरसभा गर्‍यो । नगरसभाबाट २ वर्षको बजेट एकमुष्ठ विनियोजन गरेको छ । तर चालू आवको ७ महिना बितिसक्दा पनि कुनै योजना भने सम्झौता भएका छैनन् ।