कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु । पोखरा रानीपौवा स्थित सेती नदीबाट बालुवा निकालिँदै । यहाँ नदीजन्य पदार्थको अत्याधिक दोहन हुने गरेको छ । तस्बिर : बिजु महर्जन

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पोखरामा शनिबार ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दीबीच खेल हुने मैदानमा शुक्रबार पानी हाल्दै कामदार । तस्बिर : दीपक परियार

समयमै उपचार नहुँदा खोरमा थुनिएकी पाँचथरको फाल्गुनन्द–४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङ आमासँग भक्कानिदै । तस्बिर : लक्ष्मी गौतम

राजधानीको टोखामा रबरब्याण्डको डोरी बनाएर खेल्दै बालिकाहरु । तस्बिर : बिजु महर्जन

निर्मला–नन्कुन्नी घटनामा आन्दोलनरत पक्ष र सरकारबीच सहमति भएपछि खुशी हुँदै आन्दोलनकारी । ४१ दिनदेखि माइतीघर मण्डलामा आन्दोलन बसेका उनीहरुसँग सरकारले सहमतिपछि गरेपछि मंगलबार साँझ नागरिक आन्दोलनका अगुवा डा गोविन्द केसीले रुबी खानलाई जुस पिलाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको थियो । तस्बिर: अंगद ढकाल

काठमाडौंको इन्द्रचोकमा जाडोको कपडा खरिद गर्नका लागि हेर्दै महिला । तस्बिर : इलिट जोशी

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनाग्रस्त मलामी बोकेको बसले शव किचेपछि जेसीभी लगाएर निकाल्ने प्रयास गरिँदै । तस्बिर : माधव अर्याल/कान्तिपुर


प्रकाशित : पुस २४, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्

राप्ती सोनारीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

जे पाण्डे

नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो ।

माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी थारुको घटनास्थलमै मृत्यु भएको भोजभगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।

पात टिप्‍न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए । उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । उनीहरूको खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरी निरीक्षक गौतमले बताए । पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ ।

यसअघि पुस २२ गते बाघको आक्रमणमा परी राप्ती सोनारी-४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो ।

प्रकाशित : पुस २४, २०७८ १३:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×