कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन आयोगमा मतदाता नामावली संकलन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — निर्वाचन आयोगमा सर्वसाधरणहरूको भीड लागेको छ । मतदाता नामावली दर्ता गराउन कान्तिपथस्थित आयोगको कार्यालयमा उनीहरु लाइनमा बसेर नामावली दर्ता गराइरहेका छन् । देशभरका ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको जनाएको छ ।


प्रकाशित : पुस १८, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्