कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातपछि खुलेको पत्ताले क्षेत्र

शब्द/तस्बिर : कुम्भराज राई

काठमाडौँ — ओखलढुंगा र सोलुखुम्बुको सिमानामा रहेको पत्ताले आसपासका क्षेत्र सगरमाथा हिमश्रृंखला हेर्नका लागि चर्चित ठाउँ हो । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा अवस्थित यसक्षेत्रमा मंगलबारदेखि बाक्लो हिमपात भयो । हिमपात पछि बिहीबार खुलेको मौसममा सगरमाथा हिमश्रृंखला र आसपासका डाँडाहरु आकर्षक देखिए ।

यहाँबाट थोलेदेम्बा, पिकेडाँडा, नुम्बुर हिमाल, सगरमाथा हिमश्रंखला स्पष्ट देख्न सकिन्छ । हिउँले सेताम्मे ढाकेपछि उघ्रिएको मौसममा हिमाल हेर्न र हिउँ खेल्न सोलुखुम्बु सदरमुकाम सल्लेरी, ओखलढुंगा सदरमुकामबाट सर्वसाधारण जाने गर्छन् ।

हिमपात पछि तेस्रो दिन बिहीबारबाट सवारी साधनहरु आवतजावत गर्न थालेका छन् । ओखलढुंगा–सोलुखुम्बु सडक दुईदिनसम्म अवरुद्ध हुँदा यात्रुबीच बाटोमै अलपत्र परे ।

प्रकाशित : माघ १०, २०७५ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्