सिक्न छुटेका साना कुरा

हामी विद्यार्थीलाई ठूल्ठूला सैद्धान्तिक शिक्षा दिने कोसिस गर्छौैं, तर सामान्य कुरामा ध्यान दिँदैनाैं ।
सुनिता लामिछाने

काठमाडौँ — केही दिन अगाडि राजधानीबाट करिब ३५ कि.मि. पूर्वको एउटा सामुदायिकविद्यालय भ्रमण गरें । प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँको बीच थियो विद्यालय । २०७२ सालको भूकम्पले भत्काएको भवन पुनर्निर्माण भइरहेको थियो । कति बनिसकेका थिए ।

वातावरण जताततै धुलाम्य देखिन्थ्यो । विद्यार्थी खेल्ने मैदान, कक्षाकोठामात्रनभएर शिक्षकहरू बस्ने कोठासमेत जता छोयो उतै धुलो टाँसिने थियो । कक्षाकोठा त हेर्दा महिनौं कुचो नलगाएको जस्तो देखिन्थ्यो ।


विद्यार्थीहरूसँग भलाकुसारी गरें । उनीहरूले हाँसोठट्टा गर्दै भन्दै थिए, हाम्रो कक्षाकोठामा कुचो नलगाएको हप्तौं भयो । कोहीभन्थे महिनौं भयो । विद्यालयले विद्यार्थीलाई आफू पढ्ने कक्षाकोठा सफा राख्नआवश्यक पर्छ भन्ने ज्ञानसमेत नदिएको जस्तो लाग्यो ।

विद्यालयले प्राप्त गरेका पदकहरू पनि प्रधानाध्यापकको कोठामा घुलाम्य थिए, यत्रतत्र छरिएका। धुलोले कुनपदककुन सम्मानहो, चिन्न र पढ्न नसकिने अवस्थामाथिए । पुस्तकहरू पनि छरिएका थिए ।


भूकम्पले भवन भत्काएपछि कोठा अभाव भयो । पुस्तक संरक्षण गर्न ठाउँ भएन । तर साँघुरै ठाउँमा भएपनिसफासुग्घर र जतनका

साथ राख्न सकिन्थ्यो । सबै वस्तुले परिपूर्ण हुन जोकोहीलाई मुस्किल छ । आफूसँग जे छ, त्यसलाई जतन र सफासँग राख्ने हो भने यसले पनि कोठाको सोभा र महत्त्व बढाउँछ ।


सामुदायिकविद्यालयमै पढेको भएपनिहामीलाई गुरुहरूले कक्षाकोटा सफा गर्न पालो लगाइदिनुहुन्थ्यो । कक्षाकोठा राम्रो बनाउने प्रतिस्पर्धा गराइन्थ्यो । राम्रो राख्ने कक्षाले प्रधानाध्यापकको हातबाट पुरस्कार लिनपाउँथ्यो । पुरस्कार पाउँदाआफूलाई गर्व लाग्थ्यो । पुरानै भएपनि त्यो राम्रो चलनथियो । यस्तो चलनले विद्यार्थीहरूलाई आफू बस्ने ठाउँ वरपर सफा राख्नुपर्छ भन्ने ज्ञान सिकाउँछ ।


त्यस ठाउँमा जताततै धारा देखिन्थ्यो । प्रशस्त मात्रामाखोलानालाबगिरहेका थए । पानीको कत्तिपनि अभाव थिएन । किसानहरूले आफ्ना बारीमाजताततै तरकारी खेती गरेका थिए । विद्यालयको शौचालयमाथिको छानामा राखिएको कालो ट्यांकीबाट पानी भरिएर खेर गइरहेको थियो । तर विद्यार्थीले प्रयोग गर्ने दुर्गन्धित शौचालयले भने कैयौं दिनदेखि पानीनदेखेको भान दिन्थ्यो । त्यस्तो वातावरणमा महिनावारी हुँदा छात्राहरूको के हालतहोला?


काठमाडौं नजिकै, यातायातको सुविधा, बिजुली, पानी, स्थायी शिक्षक, सम्पूर्ण पूर्वाधार हँुदाहँुदै पनिविद्यालयको अवस्था यस्तो छ भने दुर्गम क्षेत्रकापाठशालाको अवस्था कस्तो होला?त्यसको संरक्षण विद्यालय प्रशासन, विद्यालय सञ्चालक समिति, जिल्लाशिक्षाकार्यालय कसले गर्ने ?


विद्यालयको यस्तो वातावरण देखेको विद्यार्थीले अब त्यहाँबाट के सिक्छ । विद्यालय बालबालिकाको घर हो ।उसले त्यहाँ जे सिक्यो, त्यही जान्दछ र व्यवहारमा पनित्यही लागु गर्छ । त्यस्तोपवित्रमन्दिरमा बालबालिकालाई कस्तो शिक्षादिने त्यो शिक्षकको हातमा हुन्छ । विद्यालयमाउसले शिक्षकबाट पुस्तक पढ्ने र गृहकार्य गर्नमात्रहोइन कि व्यावहारिक शिक्षापनिसिकोस् । उसले आफूले गर्न हुने र नहुने सिकोस् ।


शिक्षकआफै अनुकरणीय छैन भने उसले पढाउने विद्यार्थीले के सिक्छ ? शिक्षकमाविषय–वस्तुको ज्ञानमात्रहोइन, उसका लवाइ,

बोलाइ, व्यवहार, सरसफाइ सबै विद्यार्थीले अनुकरण गर्न योग्य हुुनुपर्छ । बालबालिका आफ्ना गुरुका कुरामा पूर्णरूपमा विश्वास राख्छन् । बालबालिकाका विश्वासिलाव्यक्तिशिक्षकले विद्यार्थीलाई के सिकाउने त ?हामी विद्यार्थीहरूलाई ठूलठूला सैद्धान्तिक शिक्षा दिने कोसिस गर्छौैं, तर सामान्य कुरामाध्यानदिँदैनाैं । विद्यालयमा सिक्नु र जान्नुपर्ने धेरै कुराहरू छुटेका छन् ।


आफ्नो खल्तीबाट चकलेट झिकेर खाँदा बोक्रा बाटोमा फाल्न हुँदैन भन्ने हामीलाई सुन्दा र भन्दा सामान्य लाग्छ । तर व्यावहारिक जीवनमायसले ठूलो अनुशासनको पाठ सिकाउँछ । संस्कार र शिक्षा एकै सिक्काकादुई पाटा हुन् । यसलाई भुल्न हुँदैन । उचित संस्कार र शिक्षाले नै बालबालिकाले व्यावहारिक शिक्षाआर्जन गर्न सक्छन् ।

प्रकाशित : माघ ४, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

डोरबहादुरका डोबहरू

बाहुनवादलाई खलनायक र आदिवासीलाई नायकका रूपमा प्राज्ञिक र व्यावहारिक रूपमा व्याख्या गर्नु डोरबहादुर विष्टको ठूलो योगदान हो ।
कृष्ण भट्टचन

काठमाडौँ — प्राध्यापक डोरबहादुर विष्टसँंग मैले लामो सहकार्य गर्ने अवसर पाएँ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागमा सुरुदेखि सँगै प्राध्यापन गरेंँ । समाजशास्त्र तथा मानवशास्त्र विभागमा उहांँ दोस्रो विभागीय प्रमुख हुनुभयो, म चौथो । पाँचौं विभागीय प्रमुखको जिम्मेवारी मैले उहाँलाई नै हस्तान्तरण गरेंँ ।

समाजशास्त्र/मानवशास्त्र समाजको उहाँं संस्थापक अध्यक्ष हुँदा म संस्थापक महासचिव थिएँ । विष्ट क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा रिसर्च फेलो हुँदा पेसागत र विषयगत हिसाबले उहाँसंँग नजिक बसेर सँंगै काम र छलफल गर्ने अवसर पाएँ । शुक्रबार विष्टको ९२ औं जन्मदिन । यही मौकामा उहाँलाई सम्झिएको हुँ ।

प्राध्यापक विष्टले आफ्ना मुख्य कृतिहरूमा तीन महत्त्वपूर्ण र अन्तर–सम्बन्धित विचारको व्याख्या गर्नुभएको छ : पहिलो, नेपाल जातजातिगत हिसाबले विविधतायुक्त छ । विविधता लुकाएर सारा नेपाली एउटै जात हुन् भन्नुको सट्टा यो सबै जातको फूलबारी हो भन्नुपर्छ । यस मान्यतालाई विष्टले प्राज्ञिक तहबाट स्थापित गर्नुभयो ।

यसलाई बाहुनवादी राजनीति, बाहुनवादी प्राज्ञिक कार्य, बाहुनवादी विकासे कार्यक्रम आदिले छोप्दा विकास होइन, विनाश हुन्छ भन्ने उहाँंको विश्वास थियो । ‘फेटलिजम एन्ड डेभलपमेन्ट’ पुस्तकको मस्यौदालाई अन्तिम रूप दिन उहाँ ६ महिना बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालय आउनुभएको थियो ।

मैले उहाँलाई तपाईले नेपालको धेरै जातजाति समेटेको पुस्तकको नामकिन ‘पिपुल्स अफ नेपाल’ नभनेर ‘पिपुल अफ नेपाल’ लेख्नुभएको भनेर सोधेँ । विष्टका अनुसार प्राध्यापक हेमन्डर्फसंँग काम गर्दा उहाँलाई मानवशास्त्रको ज्ञान थिएन । स्थलगत अध्ययनका बेला हेमन्डर्फले उहाँलाई अनेक थरी जानकारी ल्याऊ भन्थे । उत्तरदातासँंग अन्तर्वार्ता गर्दा जानकारी छुटाउनुभन्दा धेरै भएर केही फरक पर्दैन भनेर हनुमानले पहाडै उठाएर ल्याए जस्तै गर्नु भएछ । धेरै जानकारी बटुल्नु भएछ ।

हेमन्डर्फ रुखको एउटा खास हाँगा ल्याउन अह्राउँथे । उहाँ रुखको सबै हाँगा टिपेर दिनुहुन्थ्यो । हेमन्डर्फ आफूले खोजेको हाँगा लिन्थे र बाँकी छाडिदिन्थे । बाँकी जानकारी पनि यति धेरै थिए कि विष्टलाई अब के गर्ने समस्या भयो । सुरुमा खुम्बुको शेर्पा, त्यसपछि क्रमश: अरुण उपत्यका र ओलाङचुङगोलाको भोटे, थसाङ (थाकखोला) को थकाली, डोल्पाको डोल्पोको अध्ययन सक्नुभयो, सन् १९६२ मा । त्यसपछि अरु जातजातिसमेत समेटेर नेपालमा भएको जातजातिको विविधता झल्काउने पुस्तक लेख्न लाग्नुभयो ।

पुस्तक श्री ५ को सरकारको सूचना तथा सञ्चार मन्त्रालयले छाप्ने भने पनि शीर्षक ‘पिपुल्स अफ नेपाल’ देखेपछि तर्सेर नछाप्ने भनेछ । पुस्तक प्रकाशन गर्न दरबारले चाहने तर प्रशासकहरूले नचाहने भएपछि राजा महेन्द्रको ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’को नीतिलाई बल पुग्नेगरी शीर्षक ‘पिपुल अफ नेपाल’ राख्ने सर्तमा सहमति भएर छापिए छ । पिपुल्स अफ नेपालले नेपालमा विविधता छ भन्ने अर्थ दिने र ‘पिपुल अफ नेपाल’ले सबै जातजाति एउटै जनता अर्थात नेपाली हो भन्ने बुझिने भएकाले समस्या भएको रहेछ । शीर्षक जे पनि विषय–वस्तुले नेपालमा अनेक जातजाति छन् भन्ने प्रस्टै देखिने भएकाले पिपुलमात्र राख्न मान्नुभएको रहेछ ।

दशकौंसम्म यो पुस्तक नेपालबारे अध्ययन गर्ने विदेशी र स्वदेशी अनुसन्धाता वा अध्येता सबैले अनिवार्य रूपमा पढ्नैपर्ने सन्दर्भ सामग्री बन्यो । पछि यो पुस्तकको खस नेपाली रूप साझा प्रकाशनले छाप्दा सबै जातको फूलबारीका रूपमा आयो । जात र जाति दुवै भएकोले सबै जातको फूलबारीभन्दा पनि सबै जात–जातिको फूलबारी शब्द उपयुक्त हुन्थ्यो ।

उहाँले जात शब्द हिन्दु वर्ण व्यवस्थाको जातको अर्थमा भन्दा पनि काठको जात, कपडाको जात भनेजस्तै मानिसको जातको अर्थमा प्रयोग गर्नुभएको हो । यो पुस्तकले विष्टलाई व्यक्तिगत रूपमा धेरै नाम र दाम दिलायो भने सबै जातजातिको सम्बन्धमा ‘मेल्टिङ पट’को सिद्धान्तको सट्टा विविधतालाई आत्मसात गर्न सिकायो । विभिन्न जातजातिको पहिचानलाई हराउन नदिएर विशिष्ट पहिचान कायम गर्न र प्रबद्र्धन गर्न मद्दत गर्‍यो ।

दोस्रो, यो फूलबारीलाई कसले बिगार्दै आएको छ भन्ने सम्बन्धमा विष्टको सैद्धान्तिक व्याख्या भाग्यवाद अर्थात बाहुनवादले गर्दा भन्ने हो । विष्टले यसको विशद् व्याख्या ‘फेटलिजम एन्ड डेभलपमेन्ट’ पुस्तकमा गर्नुभएको छ । उहाँले हिन्दु धर्म र समाजको चार वर्ण व्यवस्था अन्तर्गत श्रेणीगत जातको व्यवस्था, योभन्दा अर्को जुनीको लागि जिउन सिकाउने हिन्दु धर्म र संस्कृति, श्रम गर्नेलाई हेलाहोचो गर्ने तर कागजी काम र गफ गरेर अरुको श्रममा रजाइँ गर्नेको विगविगी, चाकडी, आफ्नो मान्छे लगायतका तत्कालीन व्यावहारिक प्रवृत्तिसंँग बाहुनवादलाई जोड्नुभएको छ ।

पुस्तकको पृष्ठ १५१ मा छ, ‘नेपालको सबैभन्दा ठूलो धन हिन्दु जातको सिद्धान्तले नछोइकन रहेका नेपालको जनसमुदाय हो, जसले जनसंख्याको ठूलो अनुपात ओगटेको छ’ र उनीहरूको मूल्य श्रेणीबद्ध बाहुनवाद होइन ।’ पृष्ठ १५२ मा विष्ट लेख्नुहुन्छ, ‘काठमाडौं उपत्यकाका ज्यापु, र अन्य जो अझ कम मात्रामा श्रेणीगत हिन्दु जातको प्रभाव परेको छ, जस्तै शेर्पा, तामाङ, मगर र लिम्बु
राष्ट्रको उपयोग नगरिएको स्रोत हो र यदी वैदेशिक सहायता यी जनतामा पुगेको खण्डमा मात्र, त्यो पनि पुग्दो संख्यामा र ठिक ढंगको, नेपालले आफ्नो भावी समृद्धिको आधार साँचो अर्थमा स्थापित गर्न समर्थ हुनेछ ।’

यसरी बाहुनवादलाई खलनायक र आदिवासीलाई नायकको रूपमा प्राज्ञिक र व्यावहारिक रूपमा व्याख्या गर्नु प्राध्यापक विष्टको अर्को ठूलो योगदान हो ।

तेस्रो, विष्टले भाग्यवाद अर्थात बाहुनवादका कारण नेपालमा संकट नजिक आउँदैछ भनेर ‘हिमाल खबर पत्रिका’मा एउटा लेख लेखेर सबैलाई सतर्क गराउन खोज्नुभएको थियो । उहाँका अनुसार नेपाल एउटा घरजस्तै हो । घरभित्र बाहुनवादीहरू बसेका छन् । तिनले अरु पस्लान् भनी झ्यालढोका सबै बन्द गरेर अन्यलाई बाहिर बस्न बाध्य बनाएका छन् । बाहिर बस्नेहरूले हामी पनि भित्र बस्न चाहन्छौं, झ्यालढोका खोल भनिरहेका छन् । तर भित्रका भने कानमा तेल हालेर बसेका छन् । यसरी परिस्थिति भयावह बन्दैछ । यसरी बहिष्करणको कारण आउने भावी संकटको अग्रिम चेतावनी र संकटबाट बच्न समावेशीकरणको सुझाव उहाँको अर्को ठूलो योगदान हो ।

सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता अनुसार प्राध्यापक विष्टले कहिले कार्पेट त कहिले इँटा उद्योग व्यवसायमा र अन्तिमपटक बाहुनवादको व्यावहारिक अध्ययन कार्यको लागि जुम्लामा कर्णाली इन्स्टिच्युट खोलेर काम गर्नुभयो । उहाँले मलाई कर्णाली आउन पटक–पटक निम्त्याउनुभयो । तर मलाई त्यहाँ जाने अनुकूल मिलेन ।

नेपाल तथा एसियाली अनुसन्धान केन्द्रले सेप्टेम्बर १३–१५, १९९५ मा ‘सोसियल साइन्सेसस इन नेपाल : सम थट्स एन्ड सर्च फर डाइरेक्सन’ विषयमा काठमाडौंमा आयोजित गोष्ठीमा मेरो समाजशास्त्र तथा मानवशास्त्रको अनुसन्धान र अध्यापन सम्बन्धी कार्यपत्रका दुई टिप्पणीकारमध्ये एक विष्ट हुनुहुन्थ्यो । उक्त सत्र सकिएपछि ढोकामा उहाँसँंग विदाइको हात मिलाएर छुट्टियौं । त्यो नै उहाँको अन्तिम सार्वजनिक कार्यक्रम थियो ।

एक दिन पत्रिकामा विष्टले जुम्लामा ३ मुद्दामध्ये एउटामा फैसला भएको उल्लेख गर्नुभएको खबर पढेँ । प्रसंगवश उहाँका छोरा हिक्मतसँंग मैले उक्त खबरबारे कुरा गरेंँ । उहाँलाई त्यसबारे जानकारी रहेनछ । प्राध्यापक विष्ट सञ्चो नभइकन पनि जुम्लामा तीन महिनाजति अघि जानुभएको रहेछ । त्यस बीचमा कुराकानी भएको रहेनछ । हिक्मतले सो सिलसिलामा सम्पर्क गर्न खोज्दा हराउनु भएको जानकारी पाउँदा स्तब्ध भएँ ।

अन्त्यमा, प्राध्यापक डोरबहादुर विष्ट भौतिक रूपमा हराउनुभयो । तर उहांँले सुरु गर्नुभएको बाहुनवादलाई अन्त्य गर्ने सार्वजनिक बहस धेरै लामो समयसम्म रहिरहने निश्चित देखिन्छ । उहाँले भनेजस्तै बाहुनवादको अन्त्यपछि मात्र नेपालमा शान्ति, सामाजिक न्याय, सुख र समृद्धि आउनेछ ।

प्रकाशित : माघ ४, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×