२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राष्ट्रपति पाैडेलकाे सम्मानमा स्वीटजरल्याण्डस्थित नेपाली राजदूतावासमा स्वागत समारोह 

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । साे अवसरमा राष्ट्रपति पाैडेललाई नेपालका लागि स्वीटजरल्याण्डका राजदूत  रामप्रसाद सुवेदी तथा त्यहाँस्थित नेपालीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पाैडेलकाे सम्मानमा स्वीटजरल्याण्डस्थित नेपाली राजदूतावासमा स्वागत समारोह 

राजदूत सुवेदीले स्वीस नेपालकाे सम्बन्ध, विकास र सहयाेगका विविध पक्षबारे जानकारी गराए । साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।


राष्ट्रपति पाैडेलले अन्तर्राष्ट्रिय श्रम संगठनकाे जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनकाे उच्चस्तरीय सत्रमा आयाेजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार मुख्य वक्ताका रूपमा सम्बाेधन गरे ।

राष्ट्रपति पदडेल मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भाेलि त्यस तर्फ जाने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित : असार १, २०८१ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x