२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा आवश्यक : मन्त्री चौधरी

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा आवश्यक : मन्त्री चौधरी

थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा शनिबार काठमाडौंमा आयोजना गरेको 'थारु भाषा संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम'मा मन्त्री चौधरीले संस्कार, संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै बताइन् ।

समुदायको चासोपछि राज्य लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो । थारु जाति, भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उनले तिनको संरक्षण गर्नु आवश्यक रहेको बताइन् । ठाउँअनुसार केही केही शब्द फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति तिनमा कुराहरूमा एकरूपता ल्याउन मानक भाषा आवश्यक रहेको बताइन् ।

'भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारु भाषाको लिपीको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ,' मन्त्री चौधरीले भनिन्, 'भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापी हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ, त्यो एकदमै जरुरी छ ।'

मन्त्री चौधरीले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् ।

थारु समुदाय आर्थिक गतिविधिमा लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो । 'हामी अब आर्थिक गतिविधिमा बढी भन्दा बढी सहभागी हुनैपर्छ । किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ ?,' उनले भनिन्, 'अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा बृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।'

प्रकाशित : असार १, २०८१ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x