कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ बिगो मागदाबी
मातृका दाहाल

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी सरकारी हानीनोक्सानी पुर्‍याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कमगरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अभियोग उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

महर्जनसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राजस्व चुवाहट गरी खानीजन्य पदार्थका रुपमा रहेका ढुंगागिट्टी बालुवासहितका बस्तु सरकारी दररेट कममा ठेक्का लगाइ हिनामिना गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको बताए । प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ २१, २०८१ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×