कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा चारवटा गाडी ठोक्किए : एक जनाको मृत्यु, २२  घाइते 

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी  ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा चारवटा गाडी ठोक्किए : एक जनाको मृत्यु, २२  घाइते 

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । डीएसपी रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिन तर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका हुन् ।

दुर्घटनामा अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । दुर्घटनालगत्तै बाटो दुवैतर्फ अवरोध भएकोमा राति साढे दुई बजेपछि एकतर्फी र अहिले बिहान साढे चार बजेपछि दुवैतर्फ बाटो खुलाइएको डीएसपी रिजालले जनाए । घाइतेमध्ये इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा १८ जना र नयाँ मेडिकल कलेज भरतपुरमा ४जनाको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ ०५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?