२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

गठबन्धन सरकारले देश बर्बाद : महासचिव पोखरेल 

शिव पुरी

रौतहट — नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलिएको आरोप लगाएका छन् । ‘विकासविरोधी अहिलेको सत्ता गठबन्धन सरकार जनताको हितमा नभई आफ्नै सत्ता टिकाउन सीमित छ,’ उनले भने, ‘यसरी देशले निकाश पाउँछ भन्ने लाग्दैन ।’

गठबन्धन सरकारले देश बर्बाद : महासचिव पोखरेल 

एमाले रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनले देश बर्बादीतर्फ धकिलिएको आरोप लगाएका हुन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आमजनता पार्टीका अध्यक्ष एवम पूर्वमन्त्री प्रभु साहबाट जोगिएका कार्यकर्ताहरु अब कुनै हालतमा दायाँबायाँ नहुने दाबी गरे । ‘आज हामी जहाँ कार्यक्रम गर्दै छौं त्यो ठाउँमा उहाँ (नेपाल) को उपस्थिति हुन्थ्यो,’ उनले भने, ‘उनले गद्दारी गरे । अब नेपाल र साहको गद्दारीले केही हुनेवाला छैन ।’

महासचिव पोखरेलले संघ र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकासभन्दा आफ्नै विकास गर्न तल्लिन रहेको आरोप लगाए । उनले समग्र मधेश प्रदेशको विकासका लागि एमाले उत्तम विकल्प भएकाले एमालेको पक्षमा सक्रिय भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । मधेशका नाममा राजनीति गर्नेहरु काम नगरी भाषणमै सीमित रहेको उनको आरोप थियो ।

प्रकाशित : माघ १८, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?