कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । यस पटक प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न लागिएको हो ।

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने र विश्वविद्यालयमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन् । त्यहीअनुसार शिक्षामन्त्रीको संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि सिफारिस समितिसमेत गठन भएको छ । धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ ।

समितिले शुक्रबार सूचना जारी गर्दै उपकुलपतिमा दरखास्त दिनका लागि विभिन्न योग्यतासमेत सार्वजनिक गरेको छ । उपकुलपतिमा दरखास्त दिनका लागि स्नातकोत्तर र विद्यावारिधि तहका शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि तथा प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

त्यस्तै विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । त्यस्तै ३ हजार शब्दसम्ममा विश्वविद्यालयसम्बन्धी सोचपत्र(भिजन पेपर), ५ हजार शब्दसम्म ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।

प्रकाशित : पुस २०, २०८० ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×