२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

डिफेन्डिङ च्याम्पियन सिटीको शतप्रतिशत प्रदर्शन

एजेन्सी

पेरिस — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बुधबार योङ ब्वाइजलाई ३–१ ले हराएको छ र यसमा इर्लिङ हाल्यान्डले दुई गोल गरे ।

डिफेन्डिङ च्याम्पियन सिटीको शतप्रतिशत प्रदर्शन

समूह ‘एच’ मा सिटीको यो लगातार तेस्रो जित हो र नौ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा आरबी लाइपजिगले रेड स्टार बेलग्रेडलाई ३–१ ले पराजित गर्‍यो । समूह ‘एच’ मा बार्सिलोनाले पनि आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्न साख्तर डोनेस्कलाई २–१ ले हरायो ।

समूहको अर्को खेलमा एफसी पोर्टो रोयल एनट्रिपमाथि ४–१ ले विजयी रह्यो ।

समूह ‘ई’ को शीर्षमा रहन फायनउडले लाजियोलाई ३–१ ले पन्छायो । यस्तै एटलेटिको म्याड्रिडले लाजियोलाई ३–१ ले निराश पार्‍यो ।


समूह ‘एफ’ मा केयलिन एमबापेको गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एसी मिलानमाथि ३–० को जित दर्ता गर्‍यो । पीएसजी छ अंकमा शीर्षमा छ भने मिलान दुई अंकमा पुछारमा छ । दोस्रो स्थानमा रहन बोरुसिया डर्टमुन्डले न्युकासल युनाइटेडलाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित : कार्तिक ९, २०८० ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?