२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

राप्रपाले सत्ताकेन्द्रित राजनीति गर्दैन : अध्यक्ष लिङ्देन

ज्योति कटुवाल

सुर्खेत — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् ।

राप्रपाले सत्ताकेन्द्रित राजनीति गर्दैन : अध्यक्ष लिङ्देन

'राप्रपा बाहिर बसेर भ्रष्टाचारविरुद्ध दरिलो खम्बा भएर उभिन सक्छ तर पदको लोभले सत्ताको राजनीति गर्दैन । सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अप्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ,' उनले भने ।

सुर्खेतमा हुने कार्यक्रर्ता प्रशिक्षणका लागि अध्यक्ष लिङ्देनसहितका नेताहरू आज सुर्खेत आएका हुन् । पार्टीको प्रशिक्षण कार्यक्रममा लागि लिङ्देनसहित कुन्ती शाही, ध्रुवबहादुर प्रधानलगायतका नेताहरू सुर्खेत आएका छन् ।

प्रकाशित : भाद्र २२, २०८० १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?