२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रधानसेनापति शर्मा भारत जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा ‘इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्स’मा भाग लिन भारत जाने भएका छन् । नेपाली सेनाका प्रधानसेनापतिहरुले लामो समयदेखि भाग लिँदै आएको उक्त सम्मेलन यस पटक प्रधानसेनापति शर्मा भारतमा जान लागेका हुन् ।

प्रधानसेनापति शर्मा भारत जाँदै

यस पटक अमेरिकी सेनाका इन्डो–प्यासिफिक कमान्ड र भारतीय सेनाको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार प्रधानसेनापति शर्मा असोज ८–१० सम्म भ्रमणमा निस्कन लागेका छन् । शर्मा प्रधानसेनापति भएपछि दोस्रो पटक भारत भ्रमणमा निस्कन लागेका हुन् । यसअघि उनले प्रधानसेनापति हुनेबित्तिकै २०७९ को कात्तिक २३–२६ सम्म भारतको भ्रमण गरेका थिए । त्यस बेला उनले दुई मुलुकका सेनाबीच एकअर्काको सैनिक प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने परम्पराअनुसार भारतीय सेनाका मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाएका थिए ।

प्रकाशित : श्रावण ३१, २०८० १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?