२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति

काठमाडौँ — गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति

गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।

अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि 'मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति' नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उनहरूका मागलाई समेत समेट्ने गरी वार्ता समिति बनाएको प्रवक्ता बस्नेतले प्रस्ट पारे ।


प्रकाशित : चैत्र २४, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x