कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

साउदीमा अलपत्र नेपाली महिलाको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबमा चार महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।

साउदीमा अलपत्र नेपाली महिलाको उद्धार

दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले तामाङलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए ।

महावाणिज्यदूतावासले तामाङलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर-आवासीय नेपाली संघको सहयोगमा महावाणिज्यदूतावासले उनलाई जहाजमार्फत बुधबार नेपाल पठाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?