२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

घनश्याम भूसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौँ — नेता घनश्याम भूसाल आज नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दैछन् । शुक्रबार २ बजे नयाँबानेश्वरस्थित एक होटलमा एक कार्यक्रमबीच उनी पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको हो । 

घनश्याम भूसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएसँगै नेकपा एमाले परित्याग गरेका उनी आज एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

एमाले र माओवादी पछि फर्के, नेकपा एसको कार्यदिशा ठीक

उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए । उनले भनेका थिए, 'नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्। अर्थात् हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएको छ ।'

भूसालको प्रस्तावलाई स्वागत गर्दै वार्ता समितिका संयोजकसमेत रहेका महासचिव वेदुराम भुसालले छिटोभन्दा छिटो पार्टीमा आउन आग्रह गरेका थिए । त्यही अनुरोधबमोजिम भूसाल आज पार्टीमा जान लागेका हुन् । उनलाई के जिम्मेवारी दिइनेछ भन्ने भने खुलाइएको छैन ।

प्रकाशित : पुस २९, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?