२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

ओलीले असफल उदाहरण दिएर संसद् विघटन गलत भन्ने स्वीकार्नुभयो : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गलत भएको स्वीकार गरेको टिप्पणी गरेका छन् । उनले कांग्रेसमा मत भिन्नता हुँदाहुँदै पनि संविधानको रक्षाका लागि सरकारलाई विश्वासको मत दिएको बताए ।

ओलीले असफल उदाहरण दिएर संसद् विघटन गलत भन्ने स्वीकार्नुभयो : महामन्त्री शर्मा

‘संसद्मा हाम्रा पूर्वप्रधानमन्त्रीजीले हिजो संसद् विघटनलाई डिफेन्स गरेर बोल्नुभयो, आज पनि त्यही कुरालाई जोड दिनुभयो । उहाँले हिजो राजा महेन्द्र र गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवाले गरेको संसद् विघटनलाई उदाहरण दिएर आफूले गरेको संसद् विघटनलाई सही थियो भन्नुभएको छ,’ महामन्त्री शर्माले भने, ‘यसमा हाम्रो एकदमै धेरै विमति छ । उहाँले दिएका उदाहरणहरू सबै असफल हुन् । शेरबहादुर देउवाले संसद् विघटन गरेकै कारण ०६२/०६३ मा त्यति ठूलो आन्दोलन गरेर संसद् पुन:स्थापित गर्नुपरेको घटना ताजै छ । त्यसैले मलाई त के लाग्छ भने उहााले विगतका गलत उदाहरणहरू दिएर आफ्नो निर्णयलाई पनि गलत हो भन्ने स्वीकार गर्नुभएको छ ।’

महामन्त्री शर्माले परिस्थितिले अहिले कांग्रेस संसद्को ठूलो दल भएर पनि सरकार बाहिर पुगेको बताए । ‘जनताबाट निर्वाचित हुँदा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित भएको हो । तर परिस्थिति त्यस्तै बन्यो कि हामी विपक्षमा पुग्यौँ । हामीले सरकारलाई विश्वासको मत दिने कि विपक्षमा मात्रै बस्ने भन्नेबारे पार्टीभित्र वैचारिक भिन्नता थियो,’ उनले भने ।

प्रकाशित : पुस २६, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?