कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने संघीय संसद्‌का महासचिव भरतराज गौतमको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । 

जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालत बारले बुधबार दिउँसो रिट पेस गरेको हो । महासचिव गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए । उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले रिट दायर गरेको हो ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसद् सचिवालयका महासचिव गौतमको गैरकानुनी कदमविरुद्ध रिट दायर गरेको बताए । रिटमा महासचिव गौतमका साथै संसद्‌ सचिवालयलाई पनि विपक्षी बनाइएको छ । रिट दर्ताको क्रममा रहेको वरिष्ठ अधिवक्ता शाक्यले बताए ।

सर्वोच्च बारका सदस्य अनन्त लुइँटेलले सार्वभौम संसद्‌को क्षेत्राधिकार रहेको विषयलाई एक कर्मचारीले निष्प्रभावी गर्न नसक्ने रिटमा दाबी गरेका छन् । 'उक्त सार्वभौम संसद्‌को क्षेत्राधिकार रहेको विषयलाई संसद‌्का एक कर्मचारीले निष्प्रभावी गर्न सक्दैनन्,' लुइँटेलले भने ।

सम्बन्धित समाचार





प्रकाशित : मंसिर २१, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?