कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी समायोजनको माग गर्दै मधेसका मुख्यमन्त्रीसहित मन्त्रीहरू धर्नामा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरू धर्नामा बसेका छन् । संघीय सरकारविरुद्ध उनीहरूले आइतबार बिहानैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका हुन् ।

प्रहरी समायोजनको माग गर्दै मधेसका मुख्यमन्त्रीसहित मन्त्रीहरू धर्नामा

शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका थिए । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए ।

आइतबारको धर्नामा मुख्यमन्त्री लालबाबु राउत, सञ्चारमन्त्री भरतप्रसाद साह लगायत मन्त्रीहरू ब्यानरसहित सहभागी छन् ।

यसअघि पनि मधेस सरकारका मन्त्रीहरूले संघीय सरकारबाट सहयोग नपाएको गुनासो गर्दै आएका थिए । कान्तिपुरद्वारा आयोजित मधेश मन्थनको क्रममा मुख्यमन्त्री राउतले मुलुकमा संघीयता आए पनि शासन प्रणालीको सिद्धान्तअनुसार केन्द्र सरकारबाट सहयोग हुन नसकेको बताएका थिए ।

प्रहरी समायोजन नगरिए आन्दोलन गर्ने चेतावनी

प्रकाशित : श्रावण २९, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?