कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुम्बाराहीमा नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । म‌ंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

धुम्बाराहीमा नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो

एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।

सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् । ओली समूहले पनि अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।

जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् । केही जिल्लामा एकाध दिनमै एमाले कार्यालय सञ्चालन गर्ने तयारी स्थानीय नेता–कार्यकर्ताले गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?